SABSCAST (Sabeena Karki)

Podcast by SABSCAST (Sabeena Karki)

http://www.sabscast.com/

subscribe
share






मेरो जस्तो कर्म दिएर कसैलाई नजन्माइदेउ भगवान्-Heartbreaking Story Of Mamata Bohora


वैवाहिक सम्बन्ध अत्यन्तै सुमधुर ढंगबाट अघि बढ्दै थियो । पत्रकार कर्ण बोहोरा सशक्त रूपले दिलोज्यान दिएर रेडियो, पत्रिका, टीभीमार्फ़त समाजलाई सक्तो योगदान दिंदैथिए । एकाएक परिवारमा ठूलो बिपत आइपर्यो । दाई बित्नुभयो, केही समयपछि भाउजूपनि संसार छोडेर जानुभयो । दाई भाउजूका चार सन्तान टुहुरा नहुन् भनेर बोहोरा दम्पति आफूले सन्तान नपाउने निधो गर्यो । आफू नै आमाबुवा भनेर उनीहरुलाई हुर्काउने दुवैको प्रतिबद्धता रह्यो । त्यसपछिका दिनहरूपनि राम्रा हुँदैथिए तर पत्रकार कर्ण बोहोरालाई हार्टअट्याक भयो, केही महिनाको आराम पछि तंगरिंदै थिए तर जण्डिस देखापर्यो । सबैभन्दा ठूलो बज्रपात त तब पर्यो जब श्रीमती ममता बोहोराको हात दुखेर डॉक्टर देखाउन जांदा उनको दुवै मृगौला फेल भयो जानकारी डाक्टरहरुले दिए । के गर्ने संसारको रीत नै यस्तै, जति दुःख परेपनि सहँदै समाधानको लागि अघि लड्नुपर्ने.. बिगत चार महिनादेखि बोहोरा दम्पति महेन्द्रनगरदेखि काठमाण्डौ आएर उपचार गर्दैथियो । १५ लाख पैसा खर्च भैसकेको थियो । त्यैपनि उपचार हुने, आगामी सपना सँगसँगै पूरा गर्ने, साथ बाँच्ने, सँगै मर्ने दुवैको आँटभरोसा एकअर्कालाई थियो । तर एक बिहान आफ्नो डायलसिस सकाएर श्रीमती ममता अस्पतालको आफ्नो बेडमा पुगिन् । श्रीमान गहिरो निंद्रामा थिए, उठ्दै उठेनन् । नर्सहरुलेपनि भने"सरलाई आज सार्है निंद्रा लागेको रहेछ"। ममताले आफ्ना श्रीमानलाई उठाउन खोजिन् तर कर्ण बोहोरा अहं उठेनन् त्यसपछि कहिल्यै नउठने गरी संसारबाटै बिदा भएका छन् । कल्पना गर्नस ती श्रीमतीमाथि के बितेको छ यतिखेर, दुवै मृगौला फेर्नुपर्ने अवस्थामाँ उनी आफैं अस्पतालको बेडमा छिन् तर आफ्नो बाँच्ने आधार, आफ्नो सबैभन्दा ठूलो सपोर्ट नै यो दुनियामा छैन.. उनलाई भेट्न अस्पताल पुग्दा श्रीमान् बितेको १३ दिन भएको रहेछ । मनको सबै व्यथा फुकाउँदै उनी खूब रोइन् खूब रोइन्........ आफ्नो मृगौला फेर्न पाए, सन्चो हुन पाए श्रीमानको बांकी सपना, एउटा बृद्धाश्रम खोल्ने सपना जसरीपनि पूरा गर्छु भन्ने आगामी बाँच्ने आधार पनि प्रकट गरिन् । उनलाई तपाइँको सहयोगको खांचो छ! आउनुहोस् नितान्त एकलो र सहाराविहीन बनेकी ममतालाई साथ दिउँ । उनको दुवै मृगौला फ़र्न ठूलो रकम लाग्ने रहेछ, धेरै गर्न सकिन्न भनेपनि सहयोग चाहि गरौं, सबैले गरेर नै उनको उपचार पूरा हुने हो । उहाँको फोन नम्बर:9851222101, 9861778902, 986485291 विदेशबाट सहयोग गर्न: https://www.gofundme.com/save-mamata-bohara


fyyd: Podcast Search Engine
share








 December 12, 2016  12m