हातमा संसारको कुनै पनि देशमा गएर आरामको जिन्दगी बिताउने कला थियो। बिश्वका कुनै पनि बिश्वबिद्धालयमाले पत्याउने योग्यता थियो। एक चुड्कीले बौद्धिक बर्ग नतमस्तक हुन्थे। मेधावीको बिल्ला थियो। संसार खाने दिमाग। उच्च गरिबी पनि देखेको, महल पनि भोगेको। संसार घुमेको। तर आज एक्लो एक्लो जस्तो। कतै निराश भए जस्तो। दिग बिजय गरेर पनि जित्न नसकेका उनै बाबुरामसँग कुरा गर्दैछु। अहँ, हैन। म वहाँको नयाँ राजनितीको कुरा हैन तर त्यो बौद्धिकताको कुरा गर्नेछु, अझ भनौ बुझ्ने प्रयास गर्नेछु कि लक्षको हाराहारीमा पुगेर पनि किन हार्दछ मान्छे।